back
NMB ad

धमाधम परीक्षा तालिका सार्वजनिक गर्दै विश्वविद्यालय

Kumari bank ad

काठमाडौं । सरकारले लकडाउन हटाएसँगै विश्वविद्यालयहरूले धमाधम परीक्षा तालिका सार्वजनिक गर्न थालेका छन् । आगामी भदौ पहिलो सातादेखि परीक्षा लिने गरी विश्वविद्यालय र डिन कार्यालयहरूले स्थगित भएका परीक्षा सुचारु गर्न तालिका सार्वजनिक गरेका हुन् ।

धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालयलाई निर्णय गर्ने अधिकार दिएको थियो ।

लकडाउन खुलेसँगै केही डिन कार्यालयले स्थगित भएका परीक्षाको तालिका सार्वजनिक गरिसकेका छन् । त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान र कृषि र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौबाट परीक्षा लिने गरी तालिका सार्वजनिक गरेका छन् ।

इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातक तहको १५ भदौबाट परीक्षाको तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले समेत भदौ पहिलो सातादेखि विभिन्न सेमेस्टरको परीक्षाको तालिका सार्वजनिक गरेका छन् ।

अरू केही अध्ययन संस्थान र परीक्षा नियन्त्रण कार्यालयको परीक्षा केन्द्र एउटै क्याम्पस भएकाले तालिका मिलाउन छलफलमा जुटेका छन् । एउटै क्याम्पसमा स्नातक, स्नातकोत्तर तहको पढाइ हुने र परीक्षा केन्द्रहरूसमेत पर्ने भएकाले समय मिलाउन छलफलमा जुटेका छन् । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दसैँअगाडि सबै परीक्षा सक्ने गरी तयारी भएको बताए ।

वार्षिक प्रणालीका परीक्षा भदौ अन्तिम सातादेखि सुरु गर्ने गरी तयारी भएको र डिन कार्यालयहरूसँग छलफल भइरहेको बताए । एकैदिन दुई सिफ्टमा परीक्षा लिएर पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

वार्षिक प्रणालीका आठवटा परीक्षा कोभिड–१९ का कारण स्थगित भएका थिए । जोशीका अनुसार स्नातकोत्तर तह प्रथम वर्ष, स्नातक चौथो वर्ष र एलएलबी दोस्रो वर्षमा धेरै विद्यार्थी संख्या छ । ‘सेमेस्टर र वार्षिक प्रणालीको परीक्षा एकैठाउँमा हुने भएकाले समय मिलाउन छलफल भएको छ, एक/दुई दिनमा तालिका आउँछ,’ उनले भने ।

गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द र सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए ।

एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक÷दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायतमा यस्तो समस्या छ । काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरी कार्यान्वयमा लागेको छ ।

त्रिविको ४ साउनमा बसेको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको बैठकले आगामी भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी निर्णय गर्ने अधिकार डिन कार्यालयहरूलाई दिएको थियो । त्रिविको परीक्षा फारम भरिसकेका विद्यार्थीको र लकडाउनको अवस्था हेरेर निर्णय गर्न सक्ने गरी निर्णय लिने अधिकार दिएको थियो । नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७७ साउन ९ शुक्रवार ०८:३१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...