back
NMB ad

पर्यटन क्षेत्रलाई साँवा–ब्याज तिर्न दुई वर्ष सम्मको म्याद

Kumari bank ad

काठमाडौँ । कोभिड–१९ बाट अति प्रभावित होटल लगायत पर्यटन क्षेत्रका ऋणीले बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने साँवा–ब्याज भुक्तानीका लागि २ वर्षसम्म समय पाएका छन् ।

राष्ट्र बैंकले कोभिड प्रभावितलाई न्यून, मध्यम र अति गरी तीन भागमा विभाजन गरेको छ । यसका आधारमा तीन महिनादेखि एक वर्षसम्मको म्याद दिएको छ ।

तर, होटल लगायत पर्यटन क्षेत्रका लागि २ वर्ष सम्मको समय दिइएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमा आएका व्यवस्था कार्यान्वयनका लागि सोमबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

नयाँ व्यवस्था अनुसार न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सुविधा पाएका छन् ।

मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न ।

अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साावाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न ।

‘तर, कोभिडको कारण पुनःस्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमको भुक्तानीका लागि २ वर्षसम्मको समय प्रदान गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन,’ परिपत्रमा भनिएको छ ।

न्यून प्रभावित क्षेत्र स् नयाँ व्यवस्था अनुसार न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सुविधा पाएका छन् ।

यो सुविधा पाउने क्षेत्रहरु :
१) उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना ।
२) अनलाईन (इकमर्स) मा संलग्न व्यवसाय ।

३) खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय ।
४) दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण ।
५) आयात जन्य व्यापार ।
६) पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय ।
७) औषधि बिक्री वितरण ।
८) विज्ञापन सेवा ।
९) इन्टरनेट, दुरसंचार सेवा प्रदायक कम्पनी ।
१०) मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय ।
११) ट्रक, ढुवानी व्यवसाय ज्ञद्द. सुन, चाादीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय ।

मध्यम प्रभावित क्षेत्र स् मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साावाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी म्याद पाएका छन् । यो समूह अन्तरगर निम्न क्षेत्र पर्छन ।

१) खप्ने सामान जस्तै प्लास्टिक, फलामरस्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण साग सम्बन्धित उद्योग व्यवसाय ।
२) नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ।
३) यात्रुवाहक स्थल यातायात ।
४) ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ।
५) कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ।६) अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर ।
७) हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ।
८) भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण ।
९) वन तथा खनिजजन्य उद्योग ।
१०) निर्माण व्यवसाय ।
११) औषधि उत्पादन ।
१२) छपाइ, प्रकाशन तथा संचार गृह ।
१३) निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा ।
१४) पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।

अति प्रभावित क्षेत्र अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साावाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गरे हुने सुविधा राष्ट्र बैंकले दिएको छ । यो सुविधा पाउनेमा निम्न क्षेत्रहरु छनः
१.
क) पर्यटन स् ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
ख) होटल स् पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
ग) साहसिक पर्यटन स् स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन ।
घ) गल्फ स् कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार ।
२) हवाई तथा पर्यटकीय यातायात ।३) मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४) चलचित्र उत्पादन, वितरण, सिनेमा हल ।
५) रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी ( स्वदेशमा वा विदेशमा)
६) मूलभूत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण ।
७) कुखुरापालन व्यवसाय ।
८) पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय ।
९) तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ।
१०) वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

‘तर, कोभिडको कारण पुनर्स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साावाको किस्ता र ब्याज रकमको भुक्तानीका लागि २ वर्षसम्मको समय प्रदान गर्न यस व्यवस्थाले वाधा पु¥याएको मानिने छैन,’ परिपत्रमा भनिएको छ ।

माथि उल्लेख नभएका क्षेत्रका उद्योग, व्यवसायको हकमा इजाजतपत्रप्राप्त संस्थाले वित्तीय अवस्था तथा नगद प्रवाहको विस्तृत विश्लेषण गरी उद्योग, व्यवसायलाई कोभिड–१९ को कारण परेको असर, पुनः सञ्चालनमा आई पूर्ववत् अवस्थामा फर्कन लाग्ने समय तथा सोको लागि चाल्नु पर्ने कदम समेतको अध्ययन गरी स्पष्ट आधार सहित तीन मध्ये कुनै एक वर्गमा वर्गीकरण गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । -कान्तिपुरबाट

वि.सं.२०७७ साउन १२ सोमवार १८:२५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...