back
NMB ad

कोरोना संक्रमित बढेपछि सुरक्षा व्यवस्था थप कडा : सार्वजनिक यातायात नचल्ने !

Kumari bank ad

पोखरा । स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षा निकाय प्रमुख नै कोरोना संक्रमित बढेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

हिजो मात्रै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुखलाई कोरोना पुष्टि भएको थियो । अहिलेसम्म स्याङ्जामा २१ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ ।

जिल्ला संक्रमणको दर थप बढ्न नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेकका काममा नहिँड्न सर्वसाधारणलाई अनुरोध गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने बताए । ‘अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन नगरौं, अत्यावश्यक सेवा पनि नियन्त्रित रुपमा गरौं भनेका छौं,’ उनले भने, ‘सार्वजनिक यातायात नचलाउन व्यवसायीहरुलाई भनेका छौं । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका माध्यमबाट व्यापारीहरुलाई पनि अनुरोध गरेका छौं ।’

संक्रमण फैलिन नदिनको लागि आवागमनमा रोक लगाइएको उनले बताए । संक्रमित सुरक्षाकर्मीको अहिले स्याङ्जाकै आइसोलेसन कक्षमा उपचार भइरहेको छ । संक्रमित सुरक्षाकर्मीको सम्पर्कमा आएकाहरुको पनि खोजी कार्य भइरहेको उनले जानकारी दिए । ९८ जना सुरक्षाकर्मीको स्वाब जाँचको लागि संकलन गरिएकोमा ६४ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।

वि.सं.२०७७ साउन १३ मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...