back
NMB ad

लकडाउन खुलेपछि जोखिम उच्च

Kumari bank ad

काठमाडौं । उपत्यकामा संक्रमितको संख्या फेरि हवात्तै बढेको छ। लकडाउन खुला भएको एक साताभित्रै मंगलबार उपत्यकामा मात्रै ५३ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।

मंगलबार २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिए। संक्रमित प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका छन्। कडायतले भने, ‘केही प्रहरीलाई सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो। त्यहीं बेला प्रत्यक्ष एवं अप्रत्यक्ष सम्पर्कमा आएका अन्यलाई पनि सरेको हुन सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौका ११ र भक्तपुरका एक जनामा संक्रमण देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका नौ जना, ललितपुरका एक जना छन्। त्यस्तै पाटन अस्पतालमा ललितपुरका एक जना छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौंका एक जना छन्। ललितपुरको सानेपास्थित निजी स्टार अस्पताल काठमाडौंका ६ जना र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको आजको अन्नपूणर् पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ साउन १४ बुधवार ०७:५९ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...