back
NMB ad

अब पसल तथा व्यवसाय बिहान ९ बजेदेखि ५ बजेसम्म मात्रै खुल्ला हुने

Kumari bank ad

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना समुदाय स्तरमै सङ्क्रमण भएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउँदै आजदेखि अत्यावश्यक पसल बाहेक अरू पसल बिहान ९ बजेदेखि ५ बजेसम्म मात्रै खुल्ला हुने भएको छ ।

धरान उपमहानगरपालिकामा विहिबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, धरानका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुअन्तर्गत खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र खोल्न दिइने निर्णय सर्वदलीय बैठकले गरेको छ । त्यस्तै धरानमा आउने र धरानबाट बाहिर जाने तीन पाङ्ग्रे सवारी साधनलाई प्रवेश र बाहिरिनमा रोक लगाएको छ ।

बसेको सर्वदलीय बैठकपछि धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी सो कुराको जानकारी गराएको हो । सूचनामा अत्यावश्यक खाद्यान्न तथा औषधी बाहेक सबै किसिमका पसलहरूमा सामाजिक दुरी कायम गरी पसलको प्रवेश द्वारमा सेवाग्राहीका लागि अनिवार्य रूपमा डोरी टाँग्ने साथै साबुन पानी र सेनिटाईजर राख्न समेत भनेको छ ।

यस्तै सबै प्रकारका होटेल तथा रेस्टुराहरुमा सेवाग्राहीका लागि होम प्याकिङको व्यवस्था गर्नुपर्ने नगरका सबै पसलका व्यापारीले अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने र आफ्नो पसलमा आउने ग्राहक स्वंमलाई मास्क लगाएर मात्र सामान दिनुपर्ने सूचना सार्वजनिक समेत गरेको छ ।

यसैगरी कोरोना सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्स र सङ्क्रमणबाट मृत्यु भएका मृतक बोक्ने शव वाहन व्यवस्थापनका लागि आज बिहान ११ बजे पुनः बैठक बसेर निर्णय गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।

धरान बाहिरबाट आउने सिटी सफारी र ट्याम्पोलाई धरानमा प्रवेश गर्न नदिने र ट्याम्पो, सिटी सफारीहरूमा कत्तिको स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको छ ? यसबारेमा अनुगमन पनि गरिने भएको छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार ०७:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...