back
Kumari Bank

सवारी साधनमा फेरि अनिवार्य पास लागू ! यस्तो आयो सूचना

Nepal Bank

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रबार सूचना जारी गर्दै पास बिनाका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले निकालेको सूचनामा बागलुङ जिल्लाबाट अत्यावश्यक कामको लागि मात्र अन्तर जिल्ला सवारी पास जारी हुने र अन्यत्र जिल्लाबाट बिना पासका सवारी साधनलाई  जिल्लामा प्रवेश गर्न रोक लगाइएको उल्लेख छ ।

साथै सवारी पास माग गर्दा गन्तव्य स्थानीय तहको सहमति र हाल बसिरहेको स्थानीय तहको सिफारिस एवं अत्यावश्यक कार्यको प्रमाण सहित कार्यालयमा निवेदन प्राप्त भएपछि मात्र सवारी पास उपलब्ध गराईने उल्लेख गरिएको छ । तर अत्यावश्यक र ढुवानी सेवाको लागि भने पास बनाउन आवश्यक पर्ने छैन ।

देशका विभिन्न स्थानबाट काठमाण्डौ प्रवेश गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना भाईरस देखिएकाले गृह मन्त्रालयको निर्देशन बमोजिम बागलुङ प्रवेश र सवारी पासमा कडाई गरिएको उल्लेख छ ।

गृह मन्त्रालयले बिहिबारदेखि लागु हुने गरि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गर्नै निर्णय गरेको छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:४८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वि.सं.२०८२ असार १४ शनिवार २०:५५

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु...

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

वि.सं.२०८२ असार १४ शनिवार २०:४५

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’...

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

वि.सं.२०८२ असार १४ शनिवार २०:३८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार...

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १४ शनिवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १४ शनिवार ०६:२७

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...