back
NMB ad

विश्व स्तनपान सप्ताह : स्तनपान मैत्री वातावरणका लागि सहयोग गर्न मन्त्री ढकालको अनुरोध

Kumari bank ad

काठमाडौँ । विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । “स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार” भन्ने मूल नाराका साथ नेपालमा पनि आज श्रावण १७ गते देखि यही साउन २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ ।

स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई स्तनपान मैत्री वातावरण श्रृजना गरि सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयहरुलाई अनुरोध गर्नुभएको छ ।

मन्त्री ढकालले सेवाग्राहीको भिडभाड हुने सार्वजनिक स्थलहरुमा स्तनपान कक्षको स्थापना गरि स्तनपानलाई संरक्षण तथा सम्बद्र्धन गरिदिन सबै सरोकारवालाहरुलाई पनि अनुरोध गर्नुभएको छ । उहाँले कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पुँजीको विकास मार्फत समृद्ध नेपाल, सुखी नेपाली को महाअभियानमा सबै जनाले आआफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

यस्तो छ मन्त्री ढकालको सन्देश

आदरणीण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरु,

“स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार” भन्ने मूल नाराका साथ आज श्रावण १७ गते देखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक बर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइदै आइएको छ ।
आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो विगौति दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुँनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ । त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको विगौती दूध अनिवार्य रुपमा खुवाउनु पर्छ ।

आमाको विगौती दूधले भविष्यमा बालबालिकाहरुलाई विभिन्न प्रकारका रोगहरुको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा सकारात्मक असर पार्दछ । शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिना सम्म आमाको दूध मात्र खुवाउनु पर्दछ । बच्चा जन्मेको ६ महिना पुरा भएपछि पोषिलो थप खानाका साथैसाथै कम्तिमा २ बर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्दछ ।

स्तनपानले आमा र बच्चाको स्वास्थ्यमा मात्र हैन समग्र परिवार, समुदाय र राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पु¥याउदछ । स्तनपान नगराउनाले बच्चाहरुलाई रोग लाग्ने र मृत्युदर बढ्ने मात्र नभई उनीहरुको शाररीक, मानसिक बृद्धि विकासलाई पनि प्रतिकुल प्रभाव परिरहेको हुन्छ । स्तनपानलाई संरक्षण, सम्वद्र्धन र सहयोग गर्नु हामी सबैको दायित्व हो ।

नेपालमा ९९ प्रतिशत आमाहरुले कम्तीमा एक पटक आफ्ना शिशुहरुलाई स्तनपान गराउने गरेका छन् । तर स्तनपान सम्बन्धी सिफारिस गरिएका अन्य व्यवहारहरु जस्तैः समय मै स्तनपानको सुरुवात, ६ महिनासम्म पूर्ण स्तनपान र कम्तिमा २ बर्षसम्म थपखानाका साथै स्तनपानलाई निरन्तरता दिनेको संख्यामा भने अझै धेरै सुधार गर्नु पर्नेछ ।

सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलहरुमा स्तनपान कक्षको स्थापना भएको छ र नभएका विमानस्थलहरुमा स्थापना हुने क्रममा छ । त्यसैगरी सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरु, बसपार्कहरुमा पनि स्तनपान कक्ष स्थापना भइरहेका छन् ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि, वितरण, नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरुको कार्यन्वयनगरी स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्ने कार्य भइरहेको छ । त्यसै गरि अस्पतालहरुमा स्तनपानलाई प्रबद्र्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियान पनि विस्तार भईरहेको छ ।

स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई स्तनपान मैत्री वातावरण श्रृजना गरि सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयहरुलाई अनुरोध गर्दछु । साथै सेवाग्राहीको भिडभाड हुने सार्वजनिक स्थलहरुमा स्तनपान कक्षको स्थापना गरि स्तनपानलाई संरक्षण तथा सम्बद्र्धन गरिदिन सबै सरोकारवालाहरुलाई पनि हार्दिक अनुरोध गर्दछु । कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पुँजीको विकास मार्फत समृद्ध नेपाल, सुखी नेपाली को महाअभियानमा सबै जनाले आआफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गर्दछु । धन्यवाद ।

वि.सं.२०७७ साउन १७ शनिवार ०८:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...