काठमाडौं । आज फेरि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।
यस अघि शुक्रबार सुन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० पुगेको छ ।
त्यसैगरी आइतबार चाँदीको मुल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीमा प्रतितोला ३० रुपैयाले बढेको हो ।शुक्रबार चाँदी १२ सय प्रति तोलामा कारोबार भएकोमा आइतबार प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार १०:४८ मा प्रकाशित