back
NMB ad

तीन दिनका लागि सबै कार्यालय बन्द !

Kumari bank ad

दमौली । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड १९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिका तीन दिनका लागि बन्द गरिएको छ ।

सासू आमा बिरामी भएकाले अस्पताल भेट्न सहिद गंगालाल राष्ट्रिय हृदयरोग गएका उनी कार्यालय फर्केपछि स्वाब संकलन गरिएको थियो । फर्केलगत्तै उनमा अस्वस्थता देखिएपछि कोभिड पोजिटिभको आशंकामा स्वाब संकलन गरिएको बताइएको छ ।

उनीसँगै क्वारेन्टाइनमा रहेका आठजनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा अरुको नेगेटिभ नतिजा आएको थियो ।

प्रमुख प्रशासकीयको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका र वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको प्रवक्ता कटकबहादुर थापाले बताए । ’संक्रमण फैलन सक्ने जोखिमका कारण तीन दिन गाउँपालिका तथा वडा कार्यालयका सबै सेवा बन्द गरिएको छ,’विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी र जनप्रतिनिधिसहित दुई दर्जनको स्वाब संकलन कार्यालयका प्रमुखमा संक्रमण देखिएकाले उनको सम्पर्कमा आएका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको पहिचान गरी स्वाब संकलन थालिएको छ ।’२७ जनाको स्वाब संकलन गरेर पठाउने तयारी गरिएको छ,’ सूचना अधिकारी सिखरलाल डोटेलले भने।

गाउँपालिकाले कार्यालय बन्द गर्ने सूचना जारी गरेपछि कार्यालय बन्द भएपनि बजार भने खुलेका छन् ।

वि.सं.२०७७ साउन १८ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...