back
NMB ad

तीनपाने रक्सी अब व्यवसायिक ब्राण्ड !

Kumari bank ad

खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका स्थाननीयले तीन पाने रक्सीलाई व्यवसायिक रुपमा उत्पादन गरिरहेका छन् ।

कानूनी अडचानका वावजुद पनि उक्त वडाका स्थानीयले २०७६ सालदेखि नै व्यवसायिक रुपमा आल्चाको तीन पाने रक्सी उत्पादन गरिरहेका हुन् ।

वुइपाका छापगाउँ, फुलेली, गुरुङगाउँ र बुइपाबजार टोलमा उत्पादन हुने आल्चाबाट बोत्तलमा स्टीकर नै राखेर लोकल रक्सी उत्पादन थालिएको हो ।

वडा कार्यालयको पहलमा गत वर्ष वाइन उत्पादनको प्रयास गरिएकामा यस वर्ष तीन पाने रक्सी उत्पादन सुरु गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

छापगाउँ महिला वडा समितिले उत्पादन गरेको लोकल रक्सी पञ्चरदोबाटोमा बनाइएको संकलन केन्द्रमा ल्याएर जम्मा गर्ने र मागका आधारमा ग्राहकलाई उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।

प्रगती टोल कृषक समुहमा आवद्ध किसानले पनि आल्चाको रक्सी उत्पादन गरिरहेको छ । बुईपामा आल्चाको पुरानो बोटबाटै वार्षिक पाँच टन आल्चा उत्पादन हुने गरेको छ । तर बजार भाउ नपाउँदा खेर गइरहेका आल्चालाई सदुपयोग गर्नका लागि लोकल रक्सी उत्पादन गर्न थालिएको हो ।

वाइन उत्पादनका लागि लाइसेन्स लिन खोज्दा झमेला भएपछि बिनालाइसेन्स नै रक्सी उत्पादनमा लागिएको वडाध्यक्ष राईको भनाई छ । अन्य विदेसी रक्सी खुल्लामखुल्ला बिक्री वितरण हुँदा लोकल रक्सीमाथिको प्रतिवन्ध न्यायिक नभएको वडाध्यक्ष राई सुनाउनुहुन्छ ।

आल्चा अधिक उत्पादन हुने बुइपालाई पकेट क्षेत्रका रुपमा बिकास गर्ने तयारी गरिएको छ । प्रदेश सरकारको सहयोगमा २० हजार बोट आल्चा लगाउने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो । गत सालबाटै एक घरमा ५० बोट आल्चा लगाउने, सय बोटभन्दा बढि आल्चा लगाए प्रतिबोट सय रुपैयाँ दिने निर्णय नै गरिएको वडा कार्यालयले उल्लेख गरेको छ ।

लोकल रक्सीको प्रवद्र्दन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि किरात राई यायोक्खा खोटाङले साउन १६ गते प्रधानमन्त्रीलाई एक टुक्से रक्सीसहित ज्ञापन–पत्र पठाएका थिए ।

यस्तै, प्रदेश नम्बर १ को संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा गत असार १५ गते रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने भन्दै प्रदेशसभा सांसद उषाकला राईले आवाज उठाउनुभएको थियो । न्युज अफ नेपालबाट

वि.सं.२०७७ साउन १९ सोमवार १६:४७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...