back
NMB ad

२ वर्षसम्म रहला कोरोना ? के सधै लकडाउन गर्ने त ?

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गएको बेला सरकारले फेरि एकपटक मुलुकभर लकडाउनको तयारी गरिरहेको छ भने व्यापारी, व्यवसायी र बैंकरहरूले सरकारलाई मिश्रित सुझाव दिएका छन् ।

राजधानी उपत्यका लगायतका मुलुकका प्रमुख शहरमा कोरोना संक्रमण बिस्तारै समुदाय स्तरमा फैलन थालेपछि व्यवसायीहरू थप चिन्तित बनेका छन् भने सरकारले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेकै कारण समस्या दिन प्रतिदिन बढ्न थालेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि जुन गतिमा काम गर्नुपर्ने थियो त्यो हुन नसकेको कारण आज अवस्था भयावह बन्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान बताउँछन् ।

‘सरकारले लकडाउन खोलेको घोषणा गरे पनि अहिले एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जुनजुन प्रावधान खडा गरेको छ, त्यसले व्यापार व्यवसायलाई चौपट बनाएको छ । लकडाउनका कारण धराशयी बन्दै गएको बेला संक्रमणले उग्ररुप लिन थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले जुन अवधारणा ल्याउनुपर्ने थियो त्यसमा सरकार चुकेको छ,’ उपाध्यक्ष प्रधानले भने ।

‘अहिले व्यापार व्यवसाय चलेको छ भनेर जुन हौवा फैलाइएको छ त्यो गलत हो,’ उपाध्यक्ष प्रधानले भने, ‘लकडाउनको रणनीतिमा परिवर्तन गर्दै परीक्षणको दायरालाई बढाउँदै जानुपर्दछ ।’

उद्योग कलकारखानामा परेको असरलाई सरकारले सम्बोधन गर्ने वातावरण बनाउँदै क्वारेन्टीनलाई व्यवस्थित बनाउने र अस्पतालको सेवालाई समेत चुस्तदुरुस्त बनाउन उपाध्यक्ष प्रधानले सुझाव दिए ।

नेपाल बैकर्स संघका पूर्वअध्यक्ष तथा नविल बैंकका कार्यकारी अधिकृत अनिल शाह कोरोना भाइरसलाई अहिले हौवाको रुपमा लिइएको बताउँदै सामाजिक दूरी कायम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकालाई पालना गर्दै व्यापार व्यवसायलाई खुला गर्नुपर्ने बताउँछन् ।

मुलुकमा अन्य रोगबाट मानिस कति मरेका छन् त्यसको लेखाजोखा कसैले गर्दैन । बितेको ४ महिनामा चट्याङ र बाढीपहिरोबाट कति मानिस मरे त्यसको बारेमा कही कतै बहस भएको सुनिँदैन तर मास्क लगाएर बस्ने र साबुनपानीले हात धुने हो भने यो रोगलाई पराजित गर्न सकिने भएकाले नआत्तिन सिइयो शाहले आग्रह गरे ।

उनले भने, ‘यो महामारी २ वर्षसम्म रहला के त्यसो हो भने सधैं लकडाउन गर्ने त ? यो समस्याको समाधान होइन त्यसैले यसको समाधानका लागि सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’

अहिले व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन तर सञ्चालन नगरी पनि भएको छैन त्यसैले पूरै लकडाउन गर्नु भन्दा पनि सामाजिक दूरी कायम गर्दै सबै संस्था चल्ने वातावरण बनाउनुपर्ने बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका महानिर्देशक गोपाल तिवारी बताउँछन् ।

‘बैंक तथा वित्तीय संस्था चलेन भने मुलुकको अवस्था कस्तो होला, विगतको लकडाउने सबैलाई पाठ सिकाइसकेको छ, त्यसैले अब कोरोना संक्रमणबाट बच्दै व्यवसायलाई चलायमान बनाउनुपर्दछ,’ महानिर्देशक तिवारीले भने । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ साउन २१ बुधवार ०७:५८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...