back
NMB ad

खुल्यो जागिर : क्लासिक टेकले माग्यो विभिन्न पदमा १६६ जना कर्मचारी, आवेदन कहिले र कसरी दिने ?

Kumari bank ad

काठमाडौं । के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? यदि हुुनुहुन्छ भने नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने एकसाथ १६६ जना कर्मचारी माग गरेको छ ।

सेवा विस्तारको क्रममा रहेको कम्पनीले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ ।

स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेटिङमा दुई वर्ष अनुभवका हरुले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले सेल्स एसोसिएट पदका लागि ५० जना कर्मचारी माग गरेको छ । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो ।

एसएलसीसम्मको अध्ययन भए पुग्ने यो पदमा फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्नेछन् ।

यसका साथै कम्पनी एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियटमा सय जना कर्मचारीको माग भएको छ । दुई पदका लागि ५०–५० जना माग गरिएको छ ।

यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, घरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियामा रहेर काम गर्न चाहनेहरुले यी पदमा आवेदन दिन सक्नेछन् ।

जसमध्ये एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनेपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै फ्रन्ट डेस्क एसोसियट पदका लागि कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ । यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ ।

काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो । यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

आवेदन दिनका लागि यहाँ क्लिक  गगर्नुहोस् ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १७:१४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...