back
NMB ad

भोलि बिहान ६ बजेदेखि लागू हुने गरी फेरि कडा लकडाउन गर्ने निर्णय

Kumari bank ad

सर्लाही । भोलि सोमबारबाट जिल्लाभर लकडाउन कडा पार्ने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी) को (आज) आइतबार सदरमुकाम मलंगवामा बसेको बैठकले भोलि बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनको कडाइका साथ पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको हो।

परीक्षण दायरा बढाइएसँगै मलंगवा, बरहथवा, ईश्वरपुर, लालबन्दीलगायत स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदायस्तरमै संक्रमण फैलिसकेको (सीसीएमसी) को बैठकले ठहर गरेको छ।

कोरोनाको संक्रमण समुदायस्तरमा थप हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम जारी लकडाउनमा भोलि सोमबारबाट कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार भोलिबाट अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ।

खाद्यान्न र तरकारी पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद–बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषि कार्यबाहेक अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरूबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सर्लाहीमा साउन २१ गतेदेखि लकडाउन जारी छ।

यस्तै (सीसीएमसी) को आजको बैठकले लकडाउन लम्ब्याएर साउन ३२ गतेसम्मका लागि पु¥याएको छ। बैठकले अबदेखि आरडिटीमा पूर्ण रुपमा रोक लगाउने, क्वारेन्टाइनमा बसेका व्यक्तिको ५ देखि ७ दिन पूरा भएपश्चात अनिवार्य रुपमा पिसिआर टेस्ट गराउने निर्णय गरेको प्रजिअ पौडेलले बताए।

त्यसैगरी भारतबाट जिल्ला प्रवेश गर्न खोज्ने व्यक्तिलाई कडाइका साथ नियमन गर्ने निर्णय गरिएको छ। सर्लाहीमा कोरोना संक्रमणबाट मलंगवाकी एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। थाहा खबरबाट

वि.सं.२०७७ साउन २५ आइतवार १८:१६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...