back
NMB ad

मास्क प्रयोग नगर्ने ४ लाख जनालाई कारबाही

Kumari bank ad

काठमाडौं । सरकारले मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवानासमेत गरेको हो ।

अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६०० सवारी साधन र करीब १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

यस्तै तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करीब १ लाख ३७ हजार दुईपाँग्रे र चारपाँग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने ५ हजार ३०० सवारी साधनलाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले कोभिड–१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको बताएको छ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ ।

गृह मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १४:५७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...