काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले तत्कालिन एनआईडीसी डेभलपमेन्ट बैंकको सेयर कारोबारका लागि गरेको सुचिकरण खारेज गरेको छ ।
एनआईडीसी राष्ट्रिय वाणिज्य बैंकमा विलय भइ अस्तित्वमा नरहेपछि सूचिकरण खारेज गरेको नेप्सेले जनाएको छ । वाणिज्य बैंकसंग विलय हुन सम्झौता भएपछि २०७४ भदौ १२ गतेदेखि सेयर कारोबार स्थगित भएको थियो ।
वि.सं.२०७७ साउन २६ सोमवार १५:०० मा प्रकाशित