back
NMB ad

साउन ३२ गतेसम्म सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय !

Kumari bank ad

कपिलवस्तु । समुदायमा संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा मंगलबारदेखि साउन ३२ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सर्वसाधारणलाई आवतजावत गर्न नदिने गरि लकडाउनसँगै व्यापार व्यवसाय, जिल्लाभरिको बजार पसल बन्द गरिएको हो ।

तरकारी र खाद्यान्‍न पसल भने बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । निजी सार्वजनिक यातायात बन्द हुनेछन् । होटल, रेष्टुरेन्ट र चिया पसल पनि बन्द गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएको छ ।

समुदायमै भाइरस संक्रमण भएकाले सबै मिलेर सचेतना र सतर्कता अपनाएर नियन्त्रणमा लिनुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।१० दिनयता कपिलवस्तुमा ५५ जना बढिमा कोरोना भाइरस संक्रमण देखिएको छ । भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । -कान्तिपुरबाट

वि.सं.२०७७ साउन २६ सोमवार १५:३० मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...