back
NMB ad

पसल तथा उद्योग व्यवसाय बन्द गर्न काठमाडौं महानगरपालिकाले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय नखोल्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ ।

कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक पसल मात्रै खोल्न भनेको हो । त्रिपुरेश्वरदेखि टेकुसम्म वडा नम्वर १२ र लगनटोल २१ मा पर्छ।

कोरोना भाइरस संक्रमण अत्याधिक बढेपछि महानगरले वडा नम्बर १२ र २१ मा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल नखोल्न सुचित गराएको हो । ती स्थानमा खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।

‘मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना आदी बन्द गर्न अनुरोध गरिन्छ’ साउन २६ गतेको बैठकपछि महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १५:३१ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...