काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर मंगलवार सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीले बोनस शेयर वापतको ४० लाख ७५ हजार १५१ कित्ता शेयर सूचीकृत गराएको हो । यो शेयर सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७७ साउन २७ मंगलवार ११:०९ मा प्रकाशित