back
NMB ad

ग्रीन डेभलपमेण्ट बैंकको नाफा २ करोडभन्दा बढी

Kumari bank ad

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रू. २ करोड १३ लाख ३ हजार खुद नाफा गरेको छ ।

साउन २७ गते वित्तीय विवरण सार्वजनिक गरेको उक्त कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष ८१ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिमा कम्पनीले रू. १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।

हाल रू. ५० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ८१ दशमलव ९९ प्रतिशतनै बढी भएको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म रू. १ करोड ६७ लाख २२ हजार सञ्चालन नाफा गरेको उक्त कम्पनीले गत वर्ष सोहि अवधिमा रू. ३ करोड ४ लाख ३३ हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा कम्पनीको जगेडा कोष रकम ८१ दशमलव ५० प्रतिशत बढी अर्थात् रू. २ करोड ७६ लाख ५८ हजार कायम गरेको छ । २९ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ३० करोड २८ लाख २५ हजार निक्षेप संकलन गरेको उक्त कम्पनीले १७ दशमलव ७६ प्रतिशत बढी रू. १ अर्ब १४ करोड ६६ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ ।

कम्पनीको कुल सम्पत्ति रू. १ अर्ब ८८ करोड ६८ लाख २५ हजार रहेको छ भने कुल दायित्व रू. १ अर्ब ३४ करोड ४५ लाख १२ हजार रहेको छ । अघिल्लो वर्ष निष्क्रिय कर्जा ३ दशमलव ८१ रहेकामा गत वर्ष १ दशमलव ८५ प्रतिशतमा झरेको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...