back
NMB ad

प्रदेशमा विद्यालयबाट आईसोलेशन र क्वारेन्टाइन हट्ने, हेटौंडाको आईसोलशसन गौरीटारमा सारिने

Kumari bank ad

हेटौंडा । विद्यालयबाट आईसोलेशन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा पनि स्थानन्तरण हुने भएका छन । आईसोलशसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक बिद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ ।

गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुग्नुभएको छ । स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो ।

प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताउनुभयो । यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबास सङ्गै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताउनुभयो ।

निरीक्षणमा प्रदेशका प्रमुख सचीव डाक्टर मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं लगायत सहभागी हुनुहुन्थ्यो ।

यसैगरी प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आईसोलेशन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो । मङ्गलबारबाट नै सो निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १८:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...