back
NMB ad

प्रभु बैंकको कमायो १ अर्ब ३६ करोड नाफा, यस्तो छ बैंकको वित्तिय अवस्था

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको थियो ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले सेयरधनीहरुलाई १ अर्ब ८ करोड रुपैयाँ लाभांश बाँड्न सक्ने छ । कोरोना माहामारीका कारण बैंकको नाफामा गिरावट आएको छ ।

बैंकले गत आर्थिक वर्षमा खुदब्याज, कमिशन तथा शुल्क गरी ५ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा प्रभुले ५ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा २.८१, निक्षेप लागत ६, सीसीडी रेसियो ६६.९६, आधारदर ८.३२ र स्प्रेडदर ३.५७ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९३ पैसा छ ।

गत वर्ष बैंकको निक्षेप परिचालन बढेको छ । असारसम्म बैंकले १ खर्ब २८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप परिचालन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकसंग प्रसस्त लगानीयोग्य पुँजी रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ थियो । एक वर्षको बीचमा प्रभुले २३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष बैंकले ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चित कोषमा ३ अर्ब ९० करोड रुपैयाँ थियो । प्रभुको चुक्तापुँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ छ ।

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...