काठमाडौं । सोमवार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको जारी विवाद समाधान गन सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने भएको छ ।
त्यसैगरी पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको गृहकार्य अगाडि बढाउनुभएको छ । आगामी एक साताभित्र मन्त्रीमण्डल पुर्नगठन हुने बताइएको छ ।
खासगरी दुई बर्षको अवधिमा पनि राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई विदाई गरेर नयाँलाई अवसर दिने ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ ।
वि.सं.२०७७ साउन ३२ आइतवार १५:३१ मा प्रकाशित