काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १७.३३ अंकले र सेन्सिटिभ ४.९८ अंकले घटेको हो ।
आज १ सय ८५ कम्पनीको ४३ लाख ७१ हजार कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा २१ हजार ६ सय ९ पटकको खरिदबिक्रीपछि बजारमा १ अर्ब २५ करोड ९३ लाख २० हजार ८ सय ५० रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल १२ समूहमध्ये आज व्यापार समूहको मात्रै कारोबार सूचक हरियो छ। बाँकी सबैको कारोबार सूचक घटेको छ ।
वि.सं.२०७७ साउन ३२ आइतवार १६:०१ मा प्रकाशित