back
NMB ad

भोलिदेखि एक हप्तासम्म बैंक तथा वित्तीय संस्था, सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । गोरखामा कोरोनाको जोखिम उच्च भएपछि भदौ १ गतेदेखि ७ गतेसम्म लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको कार्यालयमा आज बसेको कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोस्टको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा भोलिदेखि एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लकडाउनमा सार्वजनिक निजी सवारी, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा, व्यापार व्यवसाय सबै बन्द हुनेछन्। त्यस्तै खाद्यान्न र अत्यवश्यक औषधि पसल भने सामाजिक दूरी कायम गरेर र स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न पाइने छ ।

त्यस्तै कपिलवस्तु जिल्ला प्रशासनले पनि भदौ ७ गते सम्म लकडाउन थप गर्ने भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विज्ञप्ति जारी गर्दै लकडाउन लम्बाएको हो।

कपिलवस्तुमा राजमार्गमा जिल्ला बाहिरबाट आउने जाने र अतिआवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन चल्न पाउने छन्। सरकारी कार्यालय, बैंक होटेल तथा रेस्टुरेन्टसमेत बन्द हुने भएको छ । खाद्यान्न र तरकारी खरिदका लागि बिहान ८ बजे देखि १० बजेको समय तोकिएको छ।

वि.सं.२०७७ साउन ३२ आइतवार १९:१९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...