back
NMB ad

बुधवारदेखि बैंक तथा वित्तीय संस्था, सवारी साधन पूर्ण रुपमा बन्द गर्ने बैठकको निर्णय

Kumari bank ad

बुटवल । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित रुपन्देहीमा स्थानीय तहहरु धमाधम सिल हुने क्रम जारी छ । यसैक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक साताका लागि पूर्णलकडाउन गरिएको छ ।

भोलि बुधबार साँझ ७ बजेपछि भदौ १० गते साँझ ७ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । सुरक्षा निकाय, राजनीतिक दल, व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा आज बिहान बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले पूर्णलकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा समेत संक्रमण देखिन थालेकाले एक साताका लागि लकडाउन गरिने र पिसिआर परीक्षणलाई समेत बढाइने नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

लकडाउनमा दुग्ध पसललाई भने बिहान ६ देखि ८ बजेसम्मका लागि छुट दिने, तर अन्य किरानासहित सबैखाले पसल व्यवसाय बन्द गरिने छन् । त्यस्तै उद्योगधन्दा, कलकारखाना, निर्माण, बैंक तथा वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सवारीसाधन (साइकल समेत) पूर्णतः बन्द गर्ने सिसीएमसी बैठकले निर्णय गरेको छ ।

तिलोत्तमा नगरपालिकामा अहिलेसम्म ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जना निको भइ घर गएका छन् । २८ जना आइसोलेशनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिदार्थ नगरपालिका, सैनामैना नगरपालिमा यस अघि नै लकडानउ गरिएको छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार १२:२९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...