काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ४ दशमलव ७१ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ३४ प्रतिशत बढेर १ हजार ४०६ दशमलव ९३ विन्दुमा पुगेको छ ।
तेस्रो घण्टाको अवधिमा १८२ ओटा कम्पनीको रू. ७८ करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
वि.सं.२०७७ भदौ २ मंगलवार १४:०९ मा प्रकाशित