काठमाडौं । भक्तपुर नगसपालिका क्षेत्रमा भोलिदेखि लागू हुनेगरि भदौ १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि छोटो दुरीका सार्वजनिक यातायात बन्द हुने भएको हो ।
नगर प्रमुख सुनिल प्रजापतिका अुनसार नगरपालिकाले भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार छलफल गर्दै भदौ १५ गतेसम्म छोटो दुरीका सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
भक्तपुर नगर क्षेत्रभित्र चल्ने १, ७ र ९ नम्बर रुटका छोटो दुरीका सवारी साधन नचलाउने निर्णय भएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
वि.सं.२०७७ भदौ २ मंगलवार १५:५८ मा प्रकाशित