back
NMB ad

नेपालमा फेरि थपिए ६ सय ८१ जना कोरोनाका नयाँ संक्रमित, थप ६ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१ जनामा संक्रमति भेटिएको जानकारी गराउनुभयो ।

विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कूल संक्रमितका संख्या २८ हजार ९३८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय संक्रमित ११ हजार ११८ जना रहेका छन्।

यसैगरी आज १२० जना संक्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ७०० जना संक्रमित निको भई घर फर्किसकेको उनले बताए । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२० जना संक्रमणबाट मृत्यु भएका छन् ।

वि.सं.२०७७ भदौ ३ बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...