back
NMB ad

कोरोना नियन्त्रणमा थप रणनीति बनाउन उच्‍चस्तरीय समिति गठन

Kumari bank ad

काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड(१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् ।

मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले प्रदेशमा कोभिड(१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड(१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ।

दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवम् सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोभिड(१९ का बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ।

यस्तै समितिले कन्ट्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरूपमा मापदण्डअनुसार क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रूपमा पीसीआर परीक्षणको व्यवस्थाको समन्वय गर्नेछ ।

यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमण भई अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने, कोभिड(१९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य यथाशीघ्र गर्नका लागि पहल गर्ने, आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने गरी समिति गठन गरिएको हो।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०९:१७ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...