काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।
पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:१८ मा प्रकाशित