back
NMB ad

कर्मचारीमा सबै बिदा रोक्का !

Kumari bank ad

काठमाडौं । कोरोना महामारीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अत्यावश्यकबाहेक सबै बिदामा रोक लगाइएको बताए । उनले भने, “यस्तो बेलामा जनशक्ति तयारी अवस्थामा पनि राख्नुपर्छ । कोरोना जोखिम बढ्दो छ । त्यसैले अहिलेलाई बिदा रोक्का गरेका हौं ।” सुरक्षा संयन्त्रले सुरक्षा चुनौती थपिँदा बेलाबेला बिदा रोक्का गर्दै आएका छन् । प्रवक्ता अर्यालयका अनुसार सशस्त्र प्रहरीको मुख्यालयमा आउने प्रहरी कर्मचारीलाई संगठनकै बसमा ल्याउने लैजाने गरिएको बताए ।

यता प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताए । उनले भने, “मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिएका छौं । तर अरुलाई बिदा दिए पनि जाने कसरी फर्किने कसरी यस्ता समस्या छन् । त्यसमाथि कोरोना जोखिम छ ।”

उनका अनुसार बिदामा गइहाले पनि गाउँमा क्‍वारेन्टिन बस्‍नुपर्ने अवस्था छ । अर्कोतिर बिदा सकिएर कार्यालय फर्किंदा पनि क्‍वारेन्टिमा अनिवार्य बस्नुपर्छ । सार्वजनिक यातायातसमेत नचलेको र घर आउँदा(जाँदा जोखिमसमेत बढ्ने भएकाले बिदामा रोक लगाइएको हो । -बाह्रखरी डटकमबाट

वि.सं.२०७७ भदौ ७ आइतवार १०:३० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...