back
NMB ad

राजमार्गमा रोकिएका सवारी काठमाडौं प्रवेश

Kumari bank ad

धादिङ । पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरू राजधानी प्रवेश गरेका छन् । कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४२३ मालवाहक सवारीहरूलाई प्रहरीले शनिबार राति प्रवेश गराएको गोरखापत्रमा खबर छ ।

गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौँ सीमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको थियो । सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्सबाहेकलाई अत्यावश्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश गर्न पाएका थिएनन् । उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ ।

नौबिसे–नागढुङ्गाअन्तर्गत त्रिभुवन राजपथमा ४२३ वटा ट्रक, लहरी र कन्टेनर पार्किङ गरेर बसेका थिए । निषेधाज्ञा जारी गरेको आफूहरूले पत्तै नपाउँदा बाटैमा अलपत्र परेको ट्रक चालक सुशील सुनुवार बताउनुहुन्छ । अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायतका ढुवानीका सवारीलाई रोकिएपछि अलपत्र परेका थिए ।

राजधानी प्रवेश नपाउँदा खान, बस्नलगायत दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि प्रेवशको लागि वातावरण निर्माण गरिएको टाफिक प्रहरी धादिङ प्रमुख नेत्रप्रकाश भट्टले जानकारी दिनुभएको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार ०८:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...