back
NMB ad

आईपीओ निष्कासनको तयारीमा यी ११ कम्पनीहरु : कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । ११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीले ६ करोड २५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।नौ ओटा जीवन बीमा र दुई ओटा निर्जीवन बीमा कम्पनीले उक्त आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् ।

११ ओटा कम्पनीमध्ये जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लाग नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि सेबोनमा गत असार ५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्नको लागि असार १४ निवेदन दिएको थियो । कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको छ ।

१३ ओटा नयाँ इन्स्योरेन्स कम्पनीमध्ये अजोड इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार शुरु भइसकेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म आईपीओ निष्कासन गरेको हो ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउनुपर्ने भएकाले ती कम्पनीहरुले पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू. ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।हालसम्ममा आईपीओ निष्कासन गर्नको लागि चार ओटा कम्पनीले रेटिङ गराएका छन् ।

आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ र सन नेपाल लाइफले रेटिङ गराएका हुन् । यी छ ओटा कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । समाचार स्रोत : आर्थिक अभियान

११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीको नामावली तालिकामा

वि.सं.२०७७ भदौ ८ सोमवार १३:२४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...