back
NMB ad

यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका विश्वका १० मुलुकहरु

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वका धेरै देश संकटमा परेका छन् । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो ।

अहिले विश्वका दुई सय १३ देश कोरोनाविरुद्ध लडिरहेका छन् ।अहिलेसम्म कोरोनाका कारण विश्वका आठ लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । तर विश्वका यस्ता केही देश छन्, जहाँ अहिलेसम्म कोरोना पुगेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विश्वका १० देशमा अहिलेसम्म कोरोना संक्रमण पुगेको छैन । कोरोना संक्रमण नदेखिए पनि यी देशमा कोरोनाले भने असर पु¥याएको छ ।कोरोनाका कारण विश्वकै अर्थतन्त्र डामाडोल भएकाले ती देशमा पनि आर्थिक समस्या परेको खबरमा उल्लेख छ ।

यी हुन कोरोना संक्रमण नदेखिएका १० देश : (पलाउ, माइक्रोनेशिया, मार्शल आइल्याण्ड, नाउरु, किरिबाती, सोलोमन, आइल्याण्ड, तुवालु, समोआ, भानुअतु र टोङ्गा )

पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ अहिले सुनसान छ । कोरोना भाइरस विश्वमा फैलिनुअघि त्यहाँ झण्डै ९० हजार पर्यटक पुगेका थिए । यो संख्या पलाउको कुल जनसंख्या भन्दा झण्डै पाँच गुणा धेरै भएको बीबीसी हिन्दीले जनाएको छ ।

पलाउको सीमा क्षेत्र मार्च महिनादेखि नै बन्द छ । ‘द पलाउ होटल’ का प्रबन्धक ब्रायन लीले समुद्रको दुनियाँमा पलाउ जति सुन्दर अरु नभएको बताउनुभएको छ ।

पलाउभन्दा झण्डै चार हजार किलोमिटरको दुरीमा मार्शल आइल्याण्ड छ । यहाँ पनि कोरोनाको संक्रमण छैन । मार्शल आइल्याण्डमा एसिया र अमेरिकाका नागरिक धेरै पुग्ने गर्छन् ।

यस्तै अरु आठ देशमा पनि कोरोना सङ्क्रमण देखिएको छैन तर पर्यटक नहुँदा त्यहाँ आर्थिक गतिविधि घट्न थालेका छन् ।

कोरोना संक्रमण नदेखिएका देशमा पनि सन् २०२० मा कुल गार्हस्थ्य उत्पादनमा आएको ह्रास यस्तो छ–

भानुअतु : ९ दशमलव ८ प्रतिशत
पलाउ : ९ दशमलव ५ प्रतिशत
सोलोमन आइल्याण्ड : ६ दशमलव शून्य प्रतिशत
मार्शल आइल्याण्ड : ५ दशमलव ५ प्रतिशत
समोआ : ५ दशमलव शून्य प्रतिशत

स्रोत: एसियाली विकास बैंकको प्यासिफिक आर्थिक सर्वेक्षण, ३० जुलाई ।

वि.सं.२०७७ भदौ ८ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...