back
NMB ad

क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुविधा

Kumari bank ad

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि ले रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुन भुक्तानी गरेको खण्डमा छुट दिनेगरि रिचार्जमा बोनस योजना ल्याएको हो ।

कम्पनीले कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको छ भने आफ्ना सेवाग्राहीहरुलाई ६ महिनाको शुल्क रिचार्ज गर्दा १ महिना थप इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउने छ भने सेवाग्राहीले १ वर्षको ग्राहक शुल्क रिचार्ज गरेको खण्डमा २ महिनाको थप सेवा बोनसमा प्राप्त गर्नेछन् ।

कम्पनीले वार्षिक ग्राहक योजनाअन्तरगत २० एमबिपिएसको लागि १२ हजार रुपैयाँ, २५ एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३० एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३५ एमबिपिएसको लागि १४ हजार १४८ रुपैयाँ, ४० एमबिपिएसको लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबिपिएसको लागि १५ हजार रुपैयाँ, ६० एमबिपिएसको लागि १६ हजार ८०० रुपैयाँ र ७० एमबिपिएसको लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएको खण्डमा २ महिनाको छुट ग्राहकहरुले प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

अफर अन्तरगत क्लासिकको इन्टरनेटसहित क्लासिकप्रभु टिभीसमेत २ महिना अफरमा प्राप्त गर्न सकिनेछ । ग्राहकहरुलाई आफ्ना कुनैपनि योजनाहरुमा एबिपिएस प्याकेज थप गर्ने वा घटाउन सकिने सुबिधा कम्पनीले दिएको छ ।

क्लासिक टेकका सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाहरुको जानकारी प्राप्त गर्नसक्नेछन भने सेवाको बारेमा गुनासो टिपाउन तथा अनलाइनबाट नै शुल्क तिर्न सकिने सुबिधा उपलब्ध रहेको छ ।

अनलाइन भुक्तानीका लागि क्लासिक टेकले प्रभु पे, इसेवा, आइएमई पे, खल्ती, फोन पे, आईपीएस कनेक्ट, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट तिर्न सकिने सुबिधा कम्पनीले दिएको छ ।

ग्राहकहरुले मोबाइल एपमार्फत नै आफ्नो बिस्तृत विवरणहरु राखेर सेवा सकिने अवधि तोक्न सक्नेछन भने सोहि एपमार्फत सेवाको लागि विभिन्न सहयोग तथा मर्मत सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १४:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...