back
NMB ad

पहिरो पीडितको पुनः स्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाहरुबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिरोग्रस्त सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताउनुभएको थियो । पौडेलले लिदीको जमिन सबैतिर धुजाधुजा भएर फाटेको र चर्केकाले पाल टाँग्ने समेत ठाउँको अभाव रहेको बताउनुभएको थियो । उहाँले त्यहाँको बस्ती स्थानान्तरणको विकल्प नरहेको भन्दै यसका लागि प्रदेश सरकारसँगै सङ्घीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी रहेको स्पष्ट पार्नुभएको थियो ।

मुख्यमन्त्री पौडेलले वस्ती स्थानान्तरण गर्दा रोजगारीको समेत व्यवस्था हुने गरी गरिनुपर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभएको थियो । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा वस्ती स्थानान्तरणका लागि निश्चित बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजानु पर्ने पौडेलको भनाइ थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सङ्घीय सरकारका पूर्वमन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो

वि.सं.२०७७ भदौ ९ मंगलवार १५:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...