back
NMB ad

भदौ ११ गतेदेखि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय

Kumari bank ad

दाङ । कोभिड-१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातिमा जारी निषेधाज्ञा कायमै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजे सम्मका लागि निशेधाज्ञालाई कायमै राख्‍ने निर्णय गरेको हो ।

बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालनगर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विषयगत कार्यालयलगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागु हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर-बिजोर प्रणाली लागु गर्ने, बजारलगायतका स्थानमा स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई जरीवाना तथा अन्य कारबाही गर्ने निर्णय भएको छ ।

बैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले सबै गाउँपालिकामा क्वारेन्टिनन, आइसोलेसनको व्यवस्थागर्ने, कन्ट्याक्ट ट्रेसिङ, परीक्षण बढाउने निर्णय गरेको छ । बैठकले बढी भिडभाड हुने बैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य मास्क प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिड(१९ बाट मुक्त राख्‍न राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजी गरिएको जानकारी दिए । बाह्रखरीबाट

वि.सं.२०७७ भदौ ९ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...