काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार सूचीकृत भएको छ ।उक्त कम्पनीले उक्त बोनस शेयर वापतको ४ लाख ७२ हजार २६७ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
यो शेयर भदौ ११ गतेदेखि कारोबारयोग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले उक्त शेयर आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७७ भदौ १० बुधवार १३:५७ मा प्रकाशित