काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३ दशमलव ४७ अंकले बढेको छ ।
१ हजार ४६७ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव २४ प्रतिशत बढेर १ हजार ४६५ दशमलव ५० विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १६८ ओटा कम्पनीको ८ हजार ४०७ पटकको कारोबारमा ११ लाख २३ हजार ६०० कित्ता शेयरको रू. ४९ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
वि.सं.२०७७ भदौ ११ बिहीवार १२:१० मा प्रकाशित