back
NMB ad

प्रतितोला ७५ हजारमा झर्दै सुनको भाउ, यस्तो छ ह्वात्तै घट्नुको कारण !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागेको खण्डमा तोलाको १ लाख रुपैयाँ नाघेको सुनको मूल्य ७५ हजार हाराहारीमा झर्ने अनुमान गर्न थालिएको छ ।

निषेधाज्ञाका कारण कारोबार बन्द भएको बजारमा मूल्य घट्ने अनुमानले अत्याधिक सुन किनेर राखेका व्यवसायी चिन्तामा छन् भने सर्वसाधारणलाई राहत मिल्ने देखिएको छ ।

लकडाउन खुला भएपनि फेरी कोरोना भाइरस संक्रमण फैलिएपछि भदौ ४ गतेदेखि सरकारले लगाएको निषेधाज्ञाका कारण नेपाली सुन बजार बन्द छ ।

कोभिडका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा धेरै समय सुनको मूल्यले रेकर्ड बनाएर तोलाको १ लाख रुपैयाँ नै नाघ्न पुग्यो भने अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर नाघ्यो । अन्य क्षेत्रमा लगानी गर्ने सम्भावना नदेखिएपछि सुनमा लगानी गर्ने बढ्दा अन्तर्राष्ट्रियसँगै नेपाली बजार प्रभावित भएको हो ।

कोभिडका कारण सुन व्यवसाय मात्र होइन, मानिसको जीवनयापन नै कष्टकर बनेको छ । तत्कालको प्राथमिकता आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्नेमै केन्द्रित छ ।

यस्तो अवस्थामा गरगहना लगाउने कुरा दोस्रो विषय बनेको छ । सबै क्षेत्र ठप्प बन्दा मानिसको आम्दानी घट्न गएको छ । आम्दानी नै नभएपछि सुन लगाउन सक्ने अवस्था नै नरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउनुहुन्छ ।

दोस्रो कुरा एक वर्ष भित्र ५० प्रतिशत भन्दा बढीले सुनको मूल्य बढेको छ । यो अस्वभाविक हो । गत वर्ष ६० देखि ६५ हजार रूपैयाँ प्रतितोला रहेको सुनको भाउ अहिले एक लाख रुपैयाँको हाराहारीमा छ । चाहेर पनि मानिसले किन्न सक्ने अवस्था छैन ।

मानिसको क्रयशक्ति नै गुमेका कारण अहिले सुनका गरगहनाप्रति मानिसको इच्छा, आकांक्षा नै हराएको पूर्व अध्यक्ष शाक्यले बताउनुभयो । ६ महिना भयो व्यापारीले सुनको व्यापार गर्न सकेका छैनन् । अहिले सुन व्यापार गर्ने कुरा परै जाओस, ज्यान जोगाएर व्यापार व्यवसाय पछि गरौला भन्ने अवस्थामा व्यवसायीहरु छन् । भ्याक्सिन नै पत्ता लागेमा पनि कोरोना भाइरसको असर अझै ६ महिनादेखि १ वर्षसम्म रहन्छ भन्ने अनुमान गरिएको छ ।

यतिबेला सुन आयात पनि कम भएको छ । यता अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न भ्याक्सिनको खोजी गरिरहेका छन् । यदि कोभिड १९ को भ्याक्सिन आयो भने अन्तर्राष्ट्रिय बजारमा अस्वभाविकरुपमा बढेको सुनको मूल्य घट्ने अनुमान गरिएको शाक्यले बताउनुभयो ।

अन्य क्षेत्रमा लगानीको अवसर बढेपछि सुनबाट लगानीकर्ताको ध्यान अन्यत्र मोडिने अनुमान गरिएको हो । खोप पत्ता लागेमा मूल्य घटेर ७५ देखि ८५ हजारको हाराहारी (रेन्ज)मा बस्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर १ हजार ५ सय देखि १ हजार ७ सय डलर हाराहारीमा झर्ने अनुमान छ । यसअघि मूल्य बढ्ने हल्लाले बैंकबाट किलोका किलो सुन किन्ने व्यवसायीहरु पनि मूल्य घट्ने अनुमानसँगै पछिल्लो समय चिन्तित देखिएका छन् । -जनतासमाचारबाट

वि.सं.२०७७ भदौ ११ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...