काठमाडौं । सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मूल्य पसलैपिच्छे फरक रहेको सरकारी अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार उपत्यकाका विभिन्न ३३ वटा तरकारीका खुद्रा पसल निरीक्षण गर्दा यस्तो भेटिएको हो ।
एकै ठाउँका पसलमा प्रतिकिलो औसतमा १० देखि १५ रुपैयाँ फरक देखिएको छ । गोलभेंडामा भने ६० देखि १ सय २० रुपैयाँसम्म फरक देखिएको विभागले जनाएको छ ।
‘मूल्यसूची संकलनरतरकारी पसलको निरीक्षण गर्दा हामी नै छक्क प¥यौं । बालकुमारीमा प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भइरहेको बोडी जोरपाटीमा एक सय ४० रुपैयाँमा बिक्री भएको देखियो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘तरकारी पसल २ घण्टा मात्रै खुला हुँदा महँगो भयो । अर्को कारण बिचौलिया पनि हुन् ।’
विभागले टोखा क्षेत्रका सातवटा तरकारी पसलमा अनुगमन गरेको थियो । त्यस क्षेत्रमा पनि मूल्य फरकफरक देखिएको कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन्।
वि.सं.२०७७ भदौ १२ शुक्रवार ०७:३४ मा प्रकाशित