back
NMB ad

कोरोना कहर : कति घट्यो विश्वका अर्बपतिको सम्पत्ति ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर महामारी फैलिएको छ । यसबाट कैयन ठूला सहरको आर्थिक गतिविधि बन्दप्रायः अवस्थामा पुगेको छ ।कोरोनाका कारण संसारका आर्थिकरुपमा सम्पन्न देशदेखि गरिब र विकासोन्मुख देश समेत नराम्रोसँग प्रभावित भएका छन् ।

हालसम्म कोरोनाको महामारीका कारण विश्वबजार नराम्रोसँग प्रभावित भइसकेको छ । ब्लुमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वभरका कैयन अर्बपतिहरुको सम्पत्तिमा भारी गिरावट समेत आएको छ । यहाँ हामी पछिल्लो केही महिनामा विश्वभरका अर्बपतिहरुको सम्पत्ति कतिले घट्यो भन्नेबारेमा चर्चा गर्दैछौ ।

जेफ बेजोस, अमेजन
विश्वका सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलर कायम भएको छ । यसबीच बेजोसको ८.१४ बिलियन डलर नोक्सान भएको छ ।

बिल गेट्स, माइक्रोसफ्ट
माइक्रोसफ्टका मालिक बिल गेट्सको कुल सम्पत्ति ९८ बिलियन डलरमा सीमित भएको छ । यसबीच उनको सम्पत्ति ६.९८ बिलियन डलर घटेको छ ।

मार्क जुकरबर्ग, फेसबुक
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति कोरोनाका कारण ५.९८ बिलियन डलरले घटेर कुल ५९.५ बिलियन डलरमा सीमित भएको छ ।

लैरी पेज, गुगल
सर्च इन्जिन गुगलका संस्थापक लैरी पेजको सम्पत्ति कोरोनाका कारण ४.३४ बिलियन अमेरिकी डलर घटेको छ । हाल उनको कुल सम्पत्ति ५४.६ बिलियन डलरमा सीमित भएको छ ।

सर्गी ब्रिन, गुगल
गुगलका सह–संस्थापक सर्गी ब्रिनको सम्पत्ति पनि कोरोनाका कारण ४.२२ बिलियन अमेरिकी डलरले घटेको छ । हाल उनको सम्पत्ति ५३ बिलियन डलरमा सीमित भएको छ ।

ज्याक मा, अलिबाबा
इकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक ज्याक माको सम्पत्ति यसबीच १.९४ बिलियन डलरले घटेको छ । हाल उनको कुल सम्पत्ति ४२.७ बिलियन डलरमा सीमित भएको छ ।

मुकेश अम्बानी, रिलायन्स
रिलायन्सका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति हालसम्म कोरोनाका कारण ३.३५ बिलियन नोक्सान भइसकेको छ । हाल उनको कुल सम्पत्ति ४० बिलियन आँकलन गरिएको छ ।

एलन मस्क, टेस्ला
इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक तथा अर्बपति एलन मस्कको सम्पत्ति कोरोना महामारकिा कारण हालसम्म २.८५ बिलियन डलर नोक्सान भइसकेको छ । हाल उनको सम्पत्ति ३२.२ बिलियन डलरमा सीमित भएको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०८:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...