back
NMB ad

तालिका बनाएर सबै सरकारी कार्यालयहरु खुल्ने

Kumari bank ad

गोरखा । गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ। आज सोमबारबाट जिल्लाभित्र आन्तरिकरूपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

“जिल्लाभित्रै निजी सवारीसाधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्”, उनले भने, “तर त्यस्ता सवारीसाधनमा चालकसहित तीनजनाभन्दा बढी चढ्न पाइने छैन।”

त्यस्तै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सोमबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।  प्रजिअ भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताए।

जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताए। “मालपोत, जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालय र निजी सङ्घसंस्था कुन बार, कसरी सञ्चालन गर्ने भन्ने योजना बनाउँदै छौँ”, उनले भने, “मापदण्ड बनाएर कहिले, कुन बार के सेवा दिने भन्ने छुट्याएर सञ्चालन गर्दैछौँ।”

वि.सं.२०७७ भदौ १५ सोमवार ०७:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...