काठमाडौं । युरोपका केही मुलुकहरुले बालबालिकालाई विद्यालय फर्काउने तयारी गरेका छन् । गत हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि बेलायत, फ्रान्स, स्पेनलगायतका युरोपियन देशहरुले आउँदो हप्ताबाट विद्यालय खुलाउने तयारी गरेका हुन् ।
बीबीसीका अनुसार गएको हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि ती देशमा सुरक्षाका उपायसहित बालबालिकालाई विद्यालय फर्काउने तयारी सुरु भएको छ ।
भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन र प्रतिबन्धको कारण लामो समय विश्वका धेरैजसो बालबालिका घरमै बस्न बाध्य छन् । घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ ।
वि.सं.२०७७ भदौ १६ मंगलवार ०७:४९ मा प्रकाशित