back
NMB ad

उपत्यकामा सकिँदै निषेधाज्ञाको समयसीमा : फेरि नयाँ मोडालिटीसहित थप कडाइ गर्ने

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले महामारी नियन्त्रणका लागि निषेधाज्ञा मात्र प्रभावकारी नभएको भन्दै कफ्यू लगाउन सिफारिस गरेको छ ।

फोरमको सिफारिसमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत कफ्र्यु लगाउने विषयमा सकारात्मक देखिएका छन् । निषेधाज्ञाको समयसीमा आज सकिँदै छ ।

उपत्यकामा समुदायस्तरमै कोरोना फैलिएकाले पीसीआरको दायरा बढाउँदै केही दिन कफ्र्यु लगाउने गरी निर्णय हुन सक्ने मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

उहाँले मेयर फोरमले कफ्र्यु लगाउन गरेको सिफारिस तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक रहेपनि गृहमन्त्रालयसँग थप छलफल गरेर निर्णय गर्ने बताउनुभयो ।

हिजो प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै समय थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिसकेको छ । यसअघि विभिन्न विज्ञहरुले लकडाउनले मात्र संक्रमण नियन्त्रण गर्न नसकिने भन्दै यसको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका थिए ।

वि.सं.२०७७ भदौ १७ बुधवार ११:५१ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...