back
NMB ad

झनै खुकुलो बनाउँदै निषेधाज्ञा : सार्वजनिक यातायात पनि चल्ने, पर्सीदेखि लागू हुँदैछ यस्तो नयाँ नियम

Kumari bank ad

धनगढी । शनिबारदेखि निषेधाज्ञालाई खुकुलो पारिने भएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको हो ।

शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खकुलो पार्दै सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैंबोक्न पाउने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । त्यसैगरी भिडभाड नगरी व्यापाररव्यवसाय खोल्न पाउने छन् । बिहान ५ देखि ७ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न सकिने छ । होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताए ।

सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने छन् । अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेरमात्रै कार्य सम्पादन गर्नु पर्ने छ ।

बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।

यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...