back
NMB ad

अन्ततः भोलिबाट पसलदेखि सरकारी कार्यालयसम्म खुल्ला रहने, भर्खरै यस्तो आयो निर्णय

Kumari bank ad

परासी । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । चौथो पटकसम्म लगाईएको निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लाको पसल व्यवसायदेखि सरकारी कार्यालयको कामलाई सहज बनाइएको हो।

जिल्लामा साउन ३१ देखि पटक पटक समय थप गरेर निषेधाज्ञा लगाइएको थियो। आइतबारदेखि खुकुलो बनाइएको आदेश भदौ ३१ गतेसम्मका लागि हो। संक्रमितसँगै भिडभाड बढ्दै गए पुनः निषेधाज्ञालाई कडा बनाईने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले गरेको निर्णयमा किराना पसल, कपडा तथा फेन्सी पसल, बिजुलीका सामान, भाँडाकुडालगायतका पसलहरु दिउँसो ११ देखि साँझ ५ सम्म खुला रहने छन्।

तरकारी, फलफुल पसल, दुग्धजन्य पसल र माछा मासु बिक्री वितरण गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाइने छ। अत्यावश्यक उद्योग, कलकारखाना पनि खोल्न अनुमति दिइएको छ। निर्माण सामग्रीका ढुवानीलाई पनि खुला गरिएको छ।

कुनै पनि सार्वजनिक यातायात चल्न पाउने छैनन्। शैक्षिक संस्था सञ्चालन, मेला ,महोत्सव, गोष्ठी, सैलुन पसललगायत भिडभाड हुने क्षेत्रमा रोक लगाइएको छ। बैंक तथा वित्तिय संस्थाहरुले सम्पर्क व्यक्ति तोकेर सेवा दिन सक्ने छन्।

वि.सं.२०७७ भदौ २० शनिवार १९:०१ मा प्रकाशित

You can share this post!

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो   

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:५८

काठमाडौँ, ११ जेठः प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण   

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:४१

काठमाडौँ, ११ जेठ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख...

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:१४

प्रा डा राजीव झा    काठमाडौँ, ११ जेठ : मस्तिष्क यस्तो...