back
NMB ad

प्रशासनले दियो ५० प्रतिशत यात्रु बोकेर जोर विजोर प्रणालीमा सवारी सञ्चालन गर्ने अनुमति

Kumari bank ad

कैलाली । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै ५० प्रतिशत यात्रु बोकेर जोर विजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको छ । साथै बजार क्षेत्रमा पनि पसलहरु खोल्न अनुमति दिइएको छ ।

प्रशासनले भीडभाड नगरी निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरेको हो । होटल, रेस्टुरेण्टहरूले होमडेलीभरी र टेकअवे सेवा दिने गरी सञ्चालन गर्न पाइने छ ।

सेवाग्राहीको बढी भीडभाड हुने मालपोत, भूमिसुधार, नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।

त्यस्तै बैंक वित्तीय संस्थाले आफ्नो सेवा ११ देखि २ बजेसम्म दिन पाउनेछन् । साथै सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।

यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र, सिनेमा हल, पार्टी, भोज भतेर, पार्टी प्यालेस, रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटीपार्लर, सैलुनलगायतका सेवा बन्द नै रहने छन् । मेला जात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने उनको भनाइ छ ।

वि.सं.२०७७ भदौ २० शनिवार १८:५२ मा प्रकाशित

You can share this post!

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...