back
NMB ad

काठमाडौं उपत्यकामा दशैंसम्म नै निषेधाज्ञा जारी राख्ने !

Kumari bank ad

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका छन् ।

तिजको बेलामा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण धेरै फैलिन नपाएको उनले बताए । ‘आदेश जारी नभएको भए बृद्धिद्धर व्यापक भएर जान्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ’ उनले भने, ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि यसलाई दशैंसम्म राख्नुपर्छ होला ।’

ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको प्रजिअ भट्टले बताए । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा भने समस्या आउन सक्ने उनले अनुमान गरे ।-अनलाइन खबरबाट

वि.सं.२०७७ भदौ २१ आइतवार १३:४९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...