back
NMB ad

कलेजो दिने बाबामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

Kumari bank ad

काठमाडौं । बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई स्वर दिएका छन् । जन्मीएको १४ औँ दिनदेखि विरामी परेका सिवांसलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए ।

 

नेपालमा एक महिनासम्म आइसियुमा राखेर उपचार गर्दा पनि रोगको राम्रोसँग निराकरणसमेत नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर कारोड बढी खर्च गरि छोरालाई बचाएका थिए ।

महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफुलाई गीत लेख्न उद्येलित बनाएको संगीतकार कमलाले बताइन् । उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौँ ।’

नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए । उनले भने, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ ।

शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु ।’ गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले घोषणा गरेका छन् ।

गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो ।

त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएका छ । लकडाउनअघि श्रीमति र उपचाररत छोरालाई अस्पतालमै छोडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्कीन पाएका छ्रैनन् ।

भिडियो :

वि.सं.२०७७ भदौ २१ आइतवार १४:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...